<p><b>मङ्सिर २९, काठमाडौं | </b>भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।<br></p><p>काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।</p><p>पक्राउ परेकाको साथबाट ५ ग्राम ब्राउन सुगर तथा ५ राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।</p>
December 15, 2023
समाज
ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ
By साझासवाल
1 मिनेट पढाइ










