पुस १, काठमाडौँ | मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरण तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । धादिङ गजुरी गाउँपालिका-८ किरनचौर स्थायी घर भएका दुवै जनालाई प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट शनिबार दिउँसो पक्राउ गरेको हो ।

कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

December 17, 2023
समाज
चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गर्दागर्दै दुई जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ