Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 18, 2023 समाज

धनगढीको महोत्सवमा पल शाहको ३ तोला सुनको ब्रासलेट हरायो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २, धनगढी | धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा पल शाहको हिजो करिब ३ तोला (दाबी गरिएको) सुनको ब्रासलेट हराएको छ ।

स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ। तर, कसले खोस्यो ? भन्ने विषयमा भने कुनै पत्तो लाग्न नसकेको बुझिएको छ ।

ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनी अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । उनका अनुसार हराएको ब्रासलेट फेला परेको छैन । तर शाहले ब्रासलेट हराएकोमा कुनै दुख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे । यस्तै हिजोकै महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए।

उता प्रहरीले भने ब्रासलेट हराएको विषयमा जानकारी नै नआएको जनाएको छ। उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सवमा हिजोमात्रै १ लाख बढी दर्शक आएको बताइएको थियो ।