<p><b>पुस ३, काठमाडौँ | </b>गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो । <br></p><p>सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
December 19, 2023
समाज
गुडिरहेको बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










