Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 25, 2023 समाज

नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला

By साझासवाल 2 मिनेट पढाइ

पुस ९, काठमाडौँ । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारीको शव फेला परेको छ ।

स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिए ।

उनीहरु आइतबार दिउँसो घाँस काट्न भनेर जंगलमा गएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि प्रहरीको सहयोगमा खोजी सुरु गरिएको थियो । खोज्ने क्रममा गएराति १० बजेतिर जंगलमा दुवै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको शवलाई मध्यविन्दु अस्पतालमा ल्याएर राखिएको छ ।