Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 26, 2023 समाज

ब्राजिललाई निलम्बन गर्ने फिफाको चेतावनी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, काठमाडौँ | विश्व फुटबलको उच्च निकाय फिफाले ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।

फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो ।

पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।

फिफाले ब्राजिली फुटबल संघको जनवरीमा हुने भनिएको निर्वाचनलाई लिएर राष्ट्रिय टिम र क्लबलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन निलम्बन गर्न सक्ने चेतावनी दिएको हो ।

यदि जनवरीसम्म पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नगराउने जनाइएको छ ।

रियो दी जेनेरियोको एक अदालतले फुटबल संघको चुनावमा अनियमितताको कारण देखाउँदै रोड्रिग्ससहित सङ्घमा उनीद्वारा नियुक्त सबैलाई डिसेम्बर ७ मा पदबाट हटाएको थियो ।