Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 4, 2024 समाज

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौँ | जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भई काठमाडौँको टोखा बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राई रहेका छन् ।

राईले भक्त बहादुर राई समेत दुई जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ र जापान पुगेपछि प्रतिष्ठित होटलमा कुककाे काम लगाइदिन्छु जहाँ मासिक दुई लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी छ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार माछापोखरीबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।