पुस २०, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड विरुद्ध दर्ता भएको अदालतको अवेलना मुद्दामा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ गते दर्ता गरेको अवहेलना मुद्दामा फैसलाका लागि आज (शुक्रबार)लाई निसु (निर्णय सुनाउने दिन) तोकिएको छ। मुद्दाको पेसी न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ।

तत्कालीन समयमा प्रचण्डले अदालतले समेत आफूहरुलाई घेराबन्दी पारिरहेको र षडयन्त्रमा अदालतको पनि हात रहेको अभिव्यक्ति दिएका थिए।

दाहालले द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठ १२ अवहेलनाको निवेदन दर्ता गरेका थिए। उक्त मुद्दामा बहस सकिएर फैसलाका लागि निसु तोकिएको थियो। तर फैसला नहुँदै सर्दै आएको थियो।

शुक्रबार न्यायाधीशद्वय खतिवडा र रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको मात्र पेसी तोकिएकाले फैसला हुने सम्भावना छ। यो मुद्दा ७ वर्षदेखि सर्वोच्चमा एकपछि अर्को इजलासमा पेसी चढ्ने अनि थन्किने हुँदै आएको थियो।

सर्वोच्चले ५ वर्षमाथिको मुद्दा भएकाले यसलाई अभियान फाँटमा राखेर सुनुवाइका लागि प्राथमिकता दिँदै पेसी तोक्दै आएको छ। प्राथमिकता पाएका कारण मुद्दाको पेसी एउटा मात्र राखेर इजलास तोकिएको हो।

अदालतले उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्षको रुपमा हेर्नेछ। उनले अदालतबाट भएको फैसलामाथि टिप्पणी गरेकाले अवहेलना ठहर गरेमा उनी नैतिक संकटमा पर्नेछन्।

उक्त विवादमा प्रधानमन्त्री प्रचण्डले लिखित जवाफ समेत पठाएका छन्। लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभइ अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै प्रचण्डले रिट खारेज हुनुपर्ने जिकिर गरेका छन्।

January 5, 2024
समाज
प्रधानमन्त्री प्रचण्डविरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
By साझासवाल
4 मिनेट पढाइ