Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 8, 2024 समाज

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ

By साझासवाल

<p><b>पुस २३, काठमाडौँ | </b>लमजुङमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । २१ वर्षीया श्रीमती रितु वि.क. लाई धारिलो हतियार (दाउ) प्रयोग गरी गम्भीर घाइते बनाएको अभियोगमा दोर्दी गाँउपालिका ४ बस्ने बर्ष २६ को कुमार वि.क. लाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>वि.क.ले गत शुक्रबार मर्स्याङदी गाँउपालिका ७स्थित ससुराली घरमा श्रीमती रितुको घाटी र टाउकोमा धारिलो हतियार प्रहार गरी घटनास्थलबाट फरार भएका&nbsp; थिए&nbsp; । फरार वि.क.लाई पुस २१ गते बिहानको समयमा मर्स्याङदी गाउँपालिका ३ बाट लुकीछिपी हिँडेको अवस्थामा प्रहरीले फेलापारी पक्राउ गरेको हो&nbsp; । पक्राउ परेका वि.क. उपर पुस २२ गते जिल्ला अदालत लमजुङबाट ज्यान मार्ने उद्योग मुद्दामा ७दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए ।</p>