Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 8, 2024 समाज

एटीएम मेसिन नै चोरी !

By साझासवाल 2 मिनेट पढाइ

पुस २३, आगरा। भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हो ।

चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ ।

कागारौल गाउँमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एटीएम मेसिन रहेको घरकै माथिल्लो तलामा बस्दै आएका रामनिवास रावतले राति आवाज आएपछि प्रहरीलाई खबर गरेका थिए । केही बेरमा प्रहरी आएर हेर्दा एटीएम मेसिन नै गायब थियो ।

पुलिस कमिस्नर डा. प्रितीन्दर सिंहका अनुसार एटीएम मेसिनमा २९ देखि ३० लाख नगद थियो । उनले आसपासका क्षेत्रमा चेकजाँच कडाइ गरिएको र नाकाहरुमा निगरानी बढाइएको जानकारी दिँदै चोरहरू चाँडै पक्राउ पर्ने बताए ।