हेन्ले पासपोर्ट इन्डेक्स Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेन्ले पासपोर्ट इन्डेक्स
२०८३, १५ बैशाख मंगलवार
समाज

विश्वकै शक्तिशाली पासपोर्टको सूची सार्वजनिक, नेपाल कति स्थानमा ?

२०८०, २६ पुष बिहीबार ०७:५३

पुस २६, काठमाडौँ | सन् २०२४ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ ।

हेन्ले पासपोर्ट इन्डेक्सले शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो । फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको छ ।

पहिलो स्थानमा परेका यी देशका नागरिकलाई १९७ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ ।

दोस्रो शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, साउथ कोरिया र स्विडेन परेको छ । यी देशलाई १९३ देशमा भिसा अनअराइभलको सुविधा छ । तेस्रो स्थानमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड परेको छ ।


विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ ।  नेपालसँगै लिबिया र प्यालेस्टाइनको पासपोर्ट ९८ औ सूचीमा छ । नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ। दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।

८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो