पुस २७, काठमाडौं | नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।

कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत चयन गरियो,’ निवर्तमान महासचिव रतन थापाले भने, ‘अरू पदहरूमा सहमतिको प्रयास जारी छ, सहमति निर्वाचनबाट टुंगो लगाइनेछ।’अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

नागरिक उन्मुक्तिले एक व्यक्ति एक पद लागू गर्ने बताएको थियो।

January 12, 2024
समाज
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत
By साझासवाल
3 मिनेट पढाइ