Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 24, 2024 समाज

भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ? यस्तो छ नयाँ नियम

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १०, काठमाडौँ | भिजिट भिसामा विदेश जाने नेपालीका लागि आज (बुधबार)देखि नयाँ नियम लागु गरिएको छ। भिजिट भिसा व्यवस्थापनका लागि भन्दै अध्यागमन विभागले नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। उक्त एड्भाइजरीमा ६ बुँदे नयाँ नियम ल्याएको छ।

भिजिट या पर्यटक भिसामा यात्रा गर्ने नेपालीहरुले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको गन्तव्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने गरेको पाइएकाले नयाँ नियम ल्याइएको अध्यागमन विभाले जनाएको छ।

पछिल्लो समय कतिपय नेपालीहरु भिजिट भिसामा नै द्वन्द्वग्रस्त देशमा पुग्ने र त्यहाँको सेनामा समेत भर्ना हुने गरेको पाइएको थियो।

अब भिजिट भिसामा विदेश जानका लागि कम्तीमा पनि ६ महिनाको वैद्य अवधि रहेको राहदानी हुनुपर्नेछ। गन्तव्य देशको भिसासँगै दुईतर्फी हवाई टिकट, होटल बुकिङ पनि हुनुपर्ने व्यवस्था गरिएको छ।

यस्तो छ नयाँ नियम: