Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 25, 2024 समाज

बलात्कार मुद्दाका आरोपीलाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइयो

By साझासवाल 1 मिनेट पढाइ

माघ ११, काठमाडौँ | बलात्कार मुद्दामा फरार युवकलाई इन्टरपोलको सहयोगमा कतारमा पक्राउ गरेर नेपाल ल्याइएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनसरीको वराहक्षेत्र नगरपालिका–१९ घर भएका सेहमान खाँ लाई नेपाल ल्याइएको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए ।

२५ वर्षीय सेहमानलाई म्याद थप गर्न सुनसरी जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । एनसिबी दोहासँग समन्वय गरेर उनलाई नेपाल ल्याइएको हो ।