Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 29, 2024 समाज

मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै

By साझासवाल 6 मिनेट पढाइ

माघ १५, मुगु | हिमाली जिल्ला मुगु बाट पहिलोपटक वितरण गरिएको स्तराेन्नति गरिएको चामल अर्थात् फोर्टिफाइड चामल पछिल्लो समय मुगुका नागरिकहरु प्रति प्रभावकारी बन्दै गएको छ । जिल्लाको खत्याड गाउपालिकाबाट वितरण गरिएको फोर्टिफाइड चामल अहिले प्रभावकारी बन्दै गएको हो । पुस १२ गते देखि बितरण कार्य सुरु गरिएको फोर्टिफाइड चामल अहिले नागरिकहरुको स्वास्थ्यमा सारथी बनेको छ ।

विगतका वर्षरुमा कहिले कुहिएको चामल त कहिले चामल अभावको समस्या झेल्दै आएका मुगाली नागरिकहरु अहिले पोषणयुक्त फोर्टिफाइड चामल उपभोग गर्न पाए पछि दंग भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड कार्यालय मुगुले दिएको जानकारी अनुसार मुगुका खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा यो फोर्टिफाइड चामल वितरण गरि रहेको जनाएको छ ।

जसअनुसार खत्याड गाउँपालिकाको रातापानीमा महिला ९ सय ३१ पुरुष ८ सय ८३ जना गरि जम्मा १ हजार ८ सय १४ जनाले फोर्टिफाइड चामल उपभोग गरेका छन् । यस्तै यि मध्ये ५ वर्ष मुनिका १ सय ९८ , ६ वर्ष देखि १० वर्ष सम्मका २ सय ४४ , किशोरकिशोरी ३ सय ४० , गर्भवती महिला २८ , ज्येष्ठ नागरिक १ सय ८९ र अन्य ८ सय १५ जनाले फोर्टिफाइड चामल उपभोग गरेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुगुका लेखापाल जयचन्द्र न्यौपानेले बताए ।

उनका अनुसार पुस १२ देखि माघ ८ गते सम्ममा २ सय क्विन्टल फोर्टिफाइड चामल मध्ये १ सय ४० क्विन्टल फोर्टिफाइड चामल बितरण भएको पनि अवगत गराए ।   यस्तै सोरु गाउपालिकामा महिला १ हजार २ सय ९९ , पुरुष ९ सय ३२ , पाँच वर्ष मुनिका १ सय २४ , ६ देखि १० वर्ष मुनिका ९० , किशोरकिशोरी ७६ , गर्भवति ४ , ज्येष्ठ नागरिक ८६ र अन्य १ हजार ८ ५१ जनाले फोर्टिफाइड चामल लिएको न्यौपानेले बताए । यसै गरी जिल्लाका दुई वटा डिपो केन्द्रहमा चामल बिक्रि बितरण भईरहेको र पुलु डिपो केन्द्रमा अव छ्टिै ढुवानी प्रक्रिया अगाडी बढाई सञ्चालनमा ल्याउने उनको भनाई छ । अहिले श्रीकोट डिपोमा ९० र सोरुकोट डिपो केन्द्रमा ९० क्विन्टल चामल बिक्रि बितरण भईरहेको बताए ।

फोटिफाइड राइस सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति गरिएको चामल हो। यसमा ८ वटा भिटामिन मिश्रित छन्। यसमा प्रति एक सय केजी चामलमा १ केजी ८ वटा सुष्मा पोषण तत्व भिटामिन मिसाएर चामलको स्तरोन्नति गरिएको हुन्छ। यो चामलमा आइरन (पाइरो फोस्टफेट) ३९ मिलिग्राम, जिंक (जिंक अक्साइड) ३२ मिलिग्राम भिटामिन ‘ए’ (रेटिनाइल पाल्मिटेट) ०.८९, फोलिक एसिड (फोलिक एसिड) ०.२४ भिटामिन बी—१२ (साइनाकोबालामिन) ०.००७ भिटामिन बी—१ (थायमिन नोनाइट्रेट) २.३ नियासिन—भिटामिन—३ (निकोटिनामाइड) २०.५ र भिटामिन बी—६ (पाइरोडक्सिन हाइडोक्लोराइड) १.९ मिलिग्राम मिश्रित भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति भएको प्रमाणित भई देशमै पहिलो पटक खत्याड गाउँपालिका—११ रातापानी बिक्री केन्द्रबाट यो चामल वितरण गरिएको कम्पनि मुगुले जनाएको छ ।