Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 5, 2024 समाज

३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार झ्वाम्म

By साझासवाल 3 मिनेट पढाइ

माघ २२, काठमाडौँ | कन्स्ट्रक्सन कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो।

युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाख रुपैयाँ ऋण दिने तर ब्याजबापतको ३ लाख ५० हजार रुपैयाँ अग्रिम दिनुपर्ने बताएर बरालले ठगी गरेको प्रहरीले जनाएको छ।

उनले ३ करोड ५० लाख रुपैयाँ जम्मा गरेको नक्कली बैंक भौचर पठाएर ३ लाख ५० हजार रुपैयाँ पठाउन लगाएका थिए। वर्षको एक प्रतिशत बराबरको ब्याज पठाएपछि पठाउने भनेको पैसा खातामा नदेखेपछि पीडितले प्रहरीमा उजुरी गरेका हुन्।

युक्रेनी सेनाले बन्धक बनाएका आफन्तलाई २ लाख दिए नेपाल ल्याइदिने भन्दै ठगी

बरालले अध्ययनका लागि रुस पुगेर युक्रेनी सेनाले बन्धक बनाएका विद्यार्थीका आफन्तलाई पनि ठगि गरेको खुलेको छ। उनले २ लाख रुपैयाँ दिए ती विद्यार्थीलाई नेपाल ल्याउने भनेर एक लाख ४० हजार रुपैयाँ हात पारेपछि मोबाइल स्विच अफ गरेर बेपत्ता भएको पीडितको आरोप छ।

पीडितका अनुसार आफूले युक्रेनी सेनामा चिनेको मान्छे छ भन्दै विश्वास दिलाएर बरालले ठगेका थिए। बराल सम्पर्कविहीन भएपछि आफूहरू ठगिएको थाहा पाएको पीडितले उल्लेख गरेका छन्। जाहेरवालाले उजुरी गर्नुअघि नै बराल प्रहरीको नियन्त्रणमा पुगिसकेका थिए। उनलाई ३ लाख ५० हजार ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको थियो।