Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 18, 2024 समाज

लाइसेन्सको जाँच पास नभएपछि अरूको नम्बर प्रयोग गरेको पक्राउ परेका डाक्टरको बयान

By साझासवाल 2 मिनेट पढाइ

फागुन ६, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बिरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौँलाई दिएको बयानमा भट्टाचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि परीक्षा दिए पनि उत्तीर्ण नभएकाले तत्काल काम गर्न लेटरहेड र छाप प्रयोग गरेको’ बताएका हुन् ।

भट्टाचार्यले आफू एमबीबीएस गरेको विद्यार्थी भएकाले बिरामीको उपचार गर्दै आएको दाबी गरेका छन् । तर, प्रहरीले भने उनले एमबीबीएस पास गरे/नगरेको स्पष्ट पारेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उनले प्रयोग गरेको एनएमसी नम्बर डा. एलिना श्रेष्ठ र सृष्टि खरेलको नाममा जारी भएको भेटिएको थियो ।