Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 20, 2024 समाज

मोटरसाइकलकाे ठक्करबाट एक महिलाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

फागुन ८, मोरङ | मोटरसाइकलले ठक्करले सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करले घाइते बनेकी मोरङको बूढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडाको सोमबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर–३ मा उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक इटहरीका आशीष श्रेष्ठ सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।