Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 20, 2024 समाज

भीरबाट लडेर युवकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

फागुन ८, मुगु | भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ जिमा गाउँका २४ वर्षीय रतन लावडको भीरबाट लडेर मृत्यु भएको छ ।

सोरु गाउँपालिका–६ पुरुमुर गाउँका लावडको सोमबार राति ८ बजे तिर गाउँ नजिकैको हिउँदे भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक  वीरेन्द्रबहादुर थापाका अनुसार  सोमबार बिहान घरबाट सोरुकोट बजार पुगी बेलुका घर फर्कने क्रममा गाउँको नजिकैको हिउँदे खोलाको भीरबाट लडेर युवकको मृत्यु भएको सोरुकोट प्रहरी चौकीले जनाएको छ

कारणबारे थप जानकारी नआएको जानकारी दिनुहुँदै उहाँले उक्त घटनास्थलमा प्रहरी  पुगेको र घटनाबारे थप जानकारी प्राप्त हुने बताउनुभयो ।