फागुन ८, बेइजिङ । यति बेला विश्व अर्थतन्त्रमाथि पुनः आर्थिक मन्दीको खतरा मडारिरहेको छ । जापान, जर्मनी र बेलायती अर्थतन्त्र मन्दीमा फसेको हालै सार्वजनिक भएका तथ्यांकहरुले देखाएका थिए । यसैबिच विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमाथि पनि आर्थिक मन्दीको कालो बादल छाउन सक्ने देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक तथ्यांकहरुले यसैतर्फ संकेत गरिरहेका छन् । चीनमा भित्रिने विदेशी प्रत्यक्ष लगानी (एफडीआई)मा निकै ठुलो कमी देखिएको छ ।

सन् २०२३ मा चीनमा जम्मा ३३ अर्ब डलर खुद एफडीआई भित्रिएको सरकारी तथ्यांकले देखाएको छ । यो सन् २०२२ को भन्दा ८० प्रतिशत कम हो । विदेशमा चीनबाट भएको प्रत्यक्ष लगानीको तुलनामा भित्रिएको लगानी बढी भएकोले यसलाई केही हदसम्म सकारात्मक मान्न सकिन्छ । तर योसँगै लगातार दोस्रो वर्ष पनि एफडीआई घटेको छ । सन् २०२१ को कीर्तिमानी उच्च स्तरको तुलनामा यो १० प्रतिशत मात्रै हो । सन् २०२१ मा चीनमा कूल ३ खर्ब ४४ अब डलर एफडीआई आएको थियो ।

गएको वर्ष विश्वभर आर्थिक मन्दीले निकै चर्चा पायो । अधिकांश ठुला कम्पनीले व्यापक रूपमा कर्मचारी कटौती गरे । यो वर्ष पनि हालत सुध्रिएको छैन । कर्मचारी कटौती जारी छ । अर्थतन्त्र ध्वस्त हुँदै गइरहेका छन् । यसको ताजा उदाहरण जापान बनेको छ । जापानले विश्वको तेस्रो ठुलो अर्थतन्त्रको उपाधि हालै गुमायो । जापानलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बनेको जर्मनीको हालत पनि ठिक छैन । बेलायतको अर्थतन्त्रमा पनि लगातार संकुचन आइरहेको छ । विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामाथि कर्जाको बोझ बढेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइन्यान्स (आईआईएफ)को तथ्यांकका अनुसार अमेरिकाको कर्जा बढेर ३४० खर्ब डलरमाथि उक्किलएको छ ।

के छ चीनको स्थिति ?

विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनले यतिबेला अनेकौँ संकट भोगिरहेको छ । शेयर बजार ध्वस्त बनेको छ । घरजग्गा कारोबारदेखि बैंकिङ संकटसम्म सबैले अर्थतन्त्रको खराब स्वास्थ्य बताइरहेको छ । यस्तो एफडीआईको तथ्यांकले पनि अर्थतन्त्र कतै मन्दीमा जाने हो कि भन्ने आशंका उब्जाएको छ ।

February 20, 2024
समाज
जापान र जर्मनीपछि अब चीनमाथि आर्थिक मन्दीको खतरा
By साझासवाल
4 मिनेट पढाइ