२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बीभत्स हत्यापछि गाडिएको शवको सनाखत

२०८०, ८ फाल्गुन मंगलवार १२:०१

फागुन ८, तौलिहवा (कपिलबस्तु) | जिल्लाको कपिलवस्तु नगरपालिका-४ पिपरी गाउँ नजिकैको नहरको कुलोमा बीभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ । कोदवहा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा शरीर जलाइएको र टाउको नभएको शव आइताबार साँझ फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको रहेको खुलेको छ । मृतक कुर्मी गत शनिबार साँझदेखि सम्पर्कविहीन भएका थिए । पारिवारिक श्रोतका अनुसार नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्पर्कविहीन भएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शवलाई मृतकका भाइले सनाखत गरेका हुन् । शरीरको केही भाग जलेको भएपनि कपडाले आफ्नै छोरा रहेको मृतकका बुवा रामपति कुर्मीले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि सोमवार बुटवल लगिएको थियो । शवको सनाखत भएपछि प्रहरीले घटनाको अनुसन्धान सुक्ष्मरुपले गरेको प्रहरी उपरीक्षक पौडेलको भनाइ छ । घटनाको कारण र अभियुक्त चाँडै कानुनको दायरामा आउने उहाँले बताउनुभयो । 

उहाँका अनुसार शवको टाउको भने अझै फेला परेको छैन । शव गाडिएको स्थलदेखि अढाई सय मिटर उत्तरतर्फको खेतमा समेत रगत देखिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ