<p><b>फागुन १२, गोरखा | </b>गोरखामा ७ बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १४ सलाङगिरीका ५७ बर्षीया सिताराम भन्ने दल बहादुर विश्वकर्मा रहेका छन् ।</p><p>विश्वकर्माले गत फागुन ९ गते बिहान ११ बजेको समयमा नाबालिकालाई ललाई फकाई गरी सलाङगिरिको झलौटे धारा बनमा लगी जबरजस्ती करणी गरेको आरोपमा नाबालिकाको आमा मार्फत जाहेरी दरखास्तको आधारमा करणी आरोपी उनलाई शुक्रवार पक्राउ गरिएको हो । </p><p>यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
February 24, 2024
समाज
७ बर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










