Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 29, 2024 समाज

नेदरल्यान्डले नामिबियालाई ५९ रनले हरायो

By साझासवाल 2 मिनेट पढाइ

फागुन १७, काठमाडौं | त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डले नामिबियालाई ५९ रनले पराजित गरेको छ ।

नेदरल्यान्डले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो ।

नामिबियाका लागि जेन ग्रीनले २० बलमा अविजित ४२ रन बनाए पनि हारलाई टार्न सकेनन् । जान फ्रिलिंकले ४२ रनको योगदान दिए । बलिङमा नेदरल्यान्डका टिम भान डर गुग्टेनले सर्वाधिक २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

नेदरल्यान्डलाई विशाल स्कोरमा पुर्‍याउन माइकल लेभिटले ६२ बलमा १३५ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए । बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए ।