फागुन २२, चितवन | चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।

हिजो साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ । बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईकाे बायाँ हातमा भित्रि चोट लागेको उनले जानकारी दिए ।

March 5, 2024
समाज
चितवनमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु
By साझासवाल
2 मिनेट पढाइ