Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 5, 2024 समाज

लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्रीले सरकारमा आएर सहयोग गर्नको लागि आग्रह गरेका छन्।

प्रधानमन्त्रीको प्रस्तावमा ठाकुर सकारात्मक रहेको बताउँदै पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएको बताएर फर्किएको उनी निकट एक नेताले बताए।

लोसपा सुरुदेखि नै सत्ता गठबन्धनमा छ। तर, प्रधानमन्त्रीले गठबन्धन फेरेपछि एमाले, रास्वपा, जसपासहिको नयाँ समीकरण बनाएका छन्।

प्रधानमन्त्रीले अब नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि गठबन्धनमा भित्र्याउने प्रयास गरिरहेका छन्।