<p><b>फागुन २६, काठमाडौँ | </b>तनहुँमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।</p>
March 9, 2024
समाज
१० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










