Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 14, 2024 समाज

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३० काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । थप ५० बढी प्रहरी समेत लामो समयदेखि त्यहीँ कार्यरत् रहेको भएपनि तत्काल हटेका छैनन् ।

‘उनीहरु स्क्रिनिङमा खटिएका रहेछन्, त्यसलाई रिप्लेस गर्न तालिम प्राप्त जनशक्ति चाहिने रहेछ’, एआईजी थापाले भने, ‘विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई तालिम गराउन थालेका छौं, उनीहरुलाई पनि क्रमशः रिप्लेश गर्ने छौं ।’

विमानस्थलमा लामो समयदेखि खटिएका तल्लो तहका प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय भएको आरोप लाग्ने गर्छ । एआईजी थापाले भने लामो समयदेखि एकैठाउँमा बस्नेभन्दा नयाँ टोली जाँदा काममा पनि प्रभावकारिता बढ्ने भएकाले यो निर्णय गरिएको बताए ।