पढ्न करिब 1 मिनेट लाग्छ

चैत २१, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।

कतिपयले कांग्रेसले यो मुद्धालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउदै उनले अबको बैठक कांग्रेसले मग पुरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना गरिएको बताए ।