२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईबाट नेपाल पैसा पठाउँदा १ किलो सुन र ५ वटा कार उपहार

२०८०, २२ चैत्र बिहीबार ०७:१७

चैत २२, काठमाडौँ | यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘ समर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो ।

एक्सचेन्जले केन्द्रिय कार्यालय आबुधावीमा बुधबार पत्रकार सम्मेलन गर्दै यो योजना अन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना मार्च २८ तारिखदेखि जुलाई २५ सम्म सन्चालन गरिनेछ । यस् अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउने मध्येबाट गोला प्रथा गरी विजेता छनौट गरिने छ ।


यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधि मार्फत गोला प्रथा गरेर विजेता घोषणा गर्नेछन् । यस् अवधीमा हरेक महिना इलेक्ट्रोनिक ड्र गरिने छ । सोही अनुसार अप्रिल महिनामा ८ ग्रामका दरले ८ जना र ४ ग्रामका दरले २५ जनाले सुन उपहार पाउने छन । त्यस्तै मे महिनामा ८ ग्रामका दरले ९ जनालाई र २५ जनालाई ४ ग्रामका दरले उपहार प्रदान गरिने छ भने जुनमा ८ जनालाई ८ ग्रामका दरले र २५ जनालाई ४ ग्रामका दरले सुन उपहार प्रदान गरिनेछ ।

त्यस्तै जुलाई महिनामा मेघा लक्की ड्र गरिने छ । जुलाई ३१ मा दुबईमा हुने मेघा लक्की ड्र मा ५ जनालाई ५ वटा निसान सनीको कार सहित अर्को एक जनालाई आधा किलो सुन प्रदान गरिने एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले जानकारी दिए ।

अल अहलिया एक्सचेन्जले गएको ११ वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका दुई वर्ष अफर ल्याउन नसकिएपनि गएको बर्षबाट ग्राहक लक्षित योजना सुरु गरेको एक्सचेन्जका वरिस्ठ बजार प्रमुख सन्तोष नाएरले बताए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याएको एक्सचेन्जका नेपाल प्रमुख बेनिमाधव ढकालको भनाइ छ ।

यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उनले आग्रह गरेका छन् । यही एक्सचेन्ज मार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा ताप्लेजुङका यमनाथ भट्टराइले १ किलो सुन उपहार पाएका थिए ।

त्यस्तै सन् २०१३ मा सोही कम्पनीले चलाएको योजनामा अर्का एक नेपाली राम बहादुर कटुवालले एक लाख दिराम (झन्डै ३६ लाख रुपैयाँ) नगद उपहार पाएका थिए । एक्सचेन्जले सन् २०२० मा चलाएको विन्टर प्रमोसनमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सिता पाण्डेले झन्डै ५० लाख रुपैयाको उपहार पाएका थिए ।

सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स गर्ने मध्येको एक ठुलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह