चैत २७, विराटनगर । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

April 9, 2024
समाज
संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ