Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 2, 2024 समाज

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

By साझासवाल 4 मिनेट पढाइ

वैशाख २०, काठमाडौँ ।  विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीचकार्यालयका प्रवक्ताप्रहरीवरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध,माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २४ ओटा सहित ३३५ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनु भयो । चालु आर्थिक वर्षको हाल सम्म चोरीका २४ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।