पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा दिनदिनै घटनाक्रम परिवर्तन भइरहेको बताएका छन् । बालकुमारीमा मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले घटनाक्रममा फेरबदल भइरहेको बताए ।

“राजनीतिक घटनाक्रममा परिवर्तन भइरहेको छ । समीकरणमा दिनदिनै परिवर्तन भइरहेको छ,” उनले भने, “गठबन्धनमा दिनदिनै परिवर्तन भइरहेको छ ।”

उनले पार्टीहरू विभाजन गर्न विभिन्न शक्तिले साम, दाम, दण्डभेदको प्रयोग गरिहेको समेत बताए । अध्यक्ष नेपालले अहिलेको गठबन्धनका दल संसद्को पूरै अवधि जाला भन्ने सोचेको बताए । तर, जनता समाजवादी पार्टी, नेपाल विभाजन गरिएको उनले बताए ।

“संसद्को अवधिभर सँगसँगै जाला कि भन्ने ठानेको । जनता समाजवादी पार्टी विभाजित भयो । विभाजित गरियो,” उनले भने, “सरकारबाट निकालियो । मुन्ट्याउने काम मात्रै भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकालिन्थ्यो ।”

उनले आवश्यकता पर्दासम्म मात्रै उपेन्द्र प्रयोग गरेको भन्दै आपत्ति जनाए ।