<p><b>जेठ १, काठमाडौँ । </b>राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् । <br></p><p>‘सरकारले लिएका भ्रष्टाचार नियन्त्रण र सुशासन एवम् सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धी नीतिका कार्यान्वयनबाट सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको छ । सबै किसिमका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याइएको छ ,’ उनले भने ।</p><p>उच्चपद प्राप्त गर्दैमा कानुनी जबाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको उनको भनाइ छ । ‘नागरिकमा आशा र भरोसा बढेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च राख्दै दिगो विकास र जलवायु परिवर्तन अतिकम विकसित राष्ट्रको हक अधिकार लगायतका विषयमा नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ ,’ पौडेलले भने ।</p>
May 14, 2024
समाज
सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखियो : राष्ट्रपति पौडेल
By साझासवाल
2 मिनेट पढाइ










