Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 14, 2024 समाज

आधारभूत तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिने

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ १, काठमाडौँ ।</b> सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।<br></p><p>हाल देशका केहि स्थानीय तहले खाजा उपलब्ध गराए पनि सबै सामुदायिक विद्यालयका खाजा कार्यक्रम सञ्चालन हुन सकेको छैन। आगामी आर्थिक वर्षमा सरकारले सबै आधारभूत तहसम्मका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ।</p><p>उक्त कार्यक्रमबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने र दुगर्मका विद्यार्थी यसबाट बढि लाभान्वित हुने सरकारको अपेक्षा छ।</p>