२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुरक्षा बलसँगको भिडन्तमा छत्तीसगढमा आठ माओवादीको मृत्यु

२०८१, ११ जेष्ठ शुक्रबार ०९:०४

जेठ ११,  काठमाडौँ ।  माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ सन्दिग्ध माओवादी मारेको दाबी गरेको छ । अन्य माओवादीहरूको खोजी कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

‘बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए । अपरेसन बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो’ एक उच्च प्रहरी अधिकारीले बीबीसीलाई भनेका छन् ।

बिहीबार दिनभर भिडन्त हुँदा दुवै पक्षबाट गोली हानाहान भएको थियो । यस क्रममा प्रहरीले घटनास्थलबाट शङ्कास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो ।

शुक्रवार बिहान सुरक्षाकर्मीले अर्का एक सन्दिग्ध माओवादीको शव फेला पारेका थिए । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् । विगत केही महिनादेखि छत्तीसगढमा सन्दिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ ।

अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो । अप्रिल १६ मा काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ ।

नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि अप्रिल ३० मा ताकामेटामा १० र मे १० मा पेडियामा १२ जना माओवादीहरूलाई मारेको दाबी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित