जेठ १६, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा (प्रवेशाज्ञा) नदिएको भन्दै उनका समर्थक आन्दोलनमा उत्रिएका छन् ।

समर्थकहरू बुधवार काठमाडौंको माइतीघरमा भेला भएर आन्दोलनमा उत्रिएका हुन् । अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारीसमेत गरिरहेका छन् ।

बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।

यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ ।

May 29, 2024
समाज
सन्दीप लामेछानेलाई अमेरिकाको भिसा माग गर्दै प्रदर्शन (तस्बिरहरू)
By साझासवाल
3 मिनेट पढाइ