२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सार्वजनिक शौचालयमा शुल्क उठाए कारबाही गर्ने महानगरको चेतावनी

२०८१, १८ जेष्ठ शुक्रबार ०६:१३

जेठ १८, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचायल प्रयोग गरेवापत शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ। 

महानगरपालिकाले आज (शुक्रबार) सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिन आग्रह गरेको हो। 

‘निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाई सहयोग उपलब्ध गराउने भएकाले सेवाग्राहीसँग शिुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साँझेदारी इकाईंमा लिखित प्रस्ताव पेस गर्न अनुरोध छ,’ महानगरको सूचनामा भनिएको छ।

तोकिएको समयावधिपश्चात महानगरपालिका क्षेत्रभित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क रुपमा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले जनाएको छ। 

‘सूचना विपरित सार्वजनिक शौचालयको प्रयोगवापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने छ,’ महानगरको सूचनामा भनिएको छ, ‘कुनै सरकारी निकाय, गैर सरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा वाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमासमेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउन अनुरोध छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो