जेठ २६, रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ ।

गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागि बाट लाखौंको सामान जलेर नष्ट भएको छ।

गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गएराति भएको आगलागी १५ लाख भन्दा बढीको सामान जलेर नस्ट भएको हो ।

महतो हार्डवेयर गोदाममा शुक्रवार राती पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटेप -२ थान,मोटर -१६ थान ,सिपिभिसी फिटिङ्ग ,पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री ,सयौ थान रंग पेन्टका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ। हार्डवेयरको उक्त गोदाम संगै अर्को गोदाम , हार्डवेयर पसल र रामबाबू मोटरसाइकल वर्क सपमा समेत आंशिक क्षती पुगेको छ।

हार्डवेयर गोदाम पसलमा भएको आगलागि बाट ५० लाख बढीको क्षति भएको महतो हार्डवेयर सञ्चालक बिरेन्द्र कुशवाहाले बताएका छन् । आगोको मुस्लो हेरेर स्थानीयले हो-हल्ला गर्दा गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण भएको थियो।

बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट १५ लाख भन्दा बढीको क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको तथा थप अनुसन्धान भइरहेको जानकारी दिएकी छिन् ।

June 8, 2024
समाज
गौरस्थित हार्डवेयरमा आगलागी, लाखौंको सामान जलेर नष्ट
By साझासवाल
3 मिनेट पढाइ