पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २७, काठमाडौँ ।</b> धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव त्रिशूली नदीमा फेला परेको छ | त्रिशूली नदीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । <br></p><p>जेठ २६ गतेमा घाटवेशीबाट १५ वर्षीय सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव त्रिशूली नदीबाट निकालेको हो । भने रिदम कोइरालाको अवस्था अझै अज्ञात छ ।</p>

