<p><b>जेठ ३०, हेटौंडा । </b>पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारमा टिपरको ठक्करबाट मंगलबार राति स्कुटर चालकको निधन भएको छ।<br></p><p>मनहरीबाट चितवनतर्फ गइरहेको ना७ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको वा प्र ०२-०३० प १६३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी मध्यविन्दु नगरपालिका-१४ का ४७ वर्षीय दिलबहादुर टन्डन क्षेत्रीको मृत्यु भएको हो।</p><p>टिपरको ठक्करबाट घाइते क्षेत्रीको उपचारका निम्ति चितवनस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा राति नै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।</p>
June 12, 2024
समाज
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










