Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 2, 2024 समाज

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

By साझासवाल 3 मिनेट पढाइ

असार १८, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । कांग्रेस नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहित केही आरोपी भने धरौटीमा रिहा भएका छन् ।

यो प्रकरणमा प्रहरीले आरोपीहरु पक्राउ गर्न थालेदेखि नै थापा फरार थिए । उनलाई प्रहरीले गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो ।