Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 3, 2024 समाज

लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई साथ दिने

By साझासवाल 2 मिनेट पढाइ

असार १९, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफल बारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।

कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।