असार २१, तेह्रथुम | आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्।

लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो।

घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

July 5, 2024
समाज
तेह्रथुममा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
समाचार सेयर गर्नुहोस्
By साझासवाल
2 मिनेट पढाइ