पढ्न करिब 1 मिनेट लाग्छ

असार २३, काठमाडौं । हिमालय रोडिज सिजन ६ को होस्टमा रेमनदास श्रेष्ठको पुनरागमन भएको छ । अघिल्लो सिजनका होस्ट सुरजसिंह ठकुरीको ठाउँमा श्रेष्ठ देखिन लागेका हुन् ।

रेमनले अघिल्ला चारै सिजन होस्ट गरेका थिए । ‘दर्शकको मागको आधारमा उहाँलाई पुनः शोमा ल्याएका हौं,’ हिमालय टेलिभिजनका एमडी गोविन्द ढकालले बताए ।

ग्याङ लिडरको रुपमा अनुपविक्रम शाही, दीया मास्के, आशिष राना र प्रियंका कार्कीले निरन्तरता पाएका छन् । शोको निर्देशकमा सिमोस सुनुवार निरन्तर हुनेछन् ।

अगस्टको दोस्रो सातादेखि प्रसारण तयारीमा रहेको नयाँ सिजनका लागि सहभागिताको लोभलाग्दो क्रेज देखिएको छ । पोखरा, धरान, बुटवल र नारायणगढपछि आइतबार काठमाडौंमा पीआई राउण्ड सम्पन्न भएको छ ।

अडिसनबाट छनोट हुनेले राउण्ड १६ मा प्रवेश पाउनेछन् । यसपटक यामाहा नै शीर्ष प्रायोजकको रुपमा छ । साउन पहिलो सातादेखि शोको छायांकन तय गरिएको छ ।

यसपटक ‘वेलकम टु द जंगल’को थिम तय गरिएको छ । हरियो वनमार्फत वातावरणको संरक्षण दिन यस्तो थिम छनोट गरिएको टेलिभिजनका एमडी ढकालले बताए । हिमालय रोडिज हिमालय टेलिभिजन एचडीमा प्रसारण हुँदै आएको छ ।