<p><b>असार २५, बुटवल । </b>रुपन्देही तिलोत्तको २ शंकरनगरमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएको छ । <br></p><p>प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।</p><p>बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । </p>
July 9, 2024
समाज
रुपन्देहीमा आज बिहान बस दुर्घटना,८ जना घाइते
By साझासवाल
1 मिनेट पढाइ










