Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 10, 2024 समाज

उदयपुरमा बर्षाले डुबानमा, उद्धार कार्य जारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २६, उदयपुर । अविरल वर्षाको कारण उदयपुर जिल्लाको विभिन्न ठाउँमा डुवानमा परेका तथा डुवानमा पर्ने सम्भावित ठाउँहरुमा उद्धार कार्य जारी रहेको छ ।

सोही जिल्लाको बेलका नगरपालिका–१ भालमन्ती भौडाहास्थित त्रियुगा नदि र भालमन्ती खोलामा पानीको बहाव बढि बस्ती पस्दा डुवानमा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुर र नेपाल प्रहरीको संयुक्त टोली खटिई डुवानमा परेकाहरुको सकुशल उद्धार गरेको हो ।

त्यसैगरी बेलका नगरपालिका–२ स्थित करैया, पुरनदह र मुसहरी बस्तीमा त्रियुगा नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका करीव २ सय ५० घरपरिवारलाई सो गण तथा नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको हो ।

त्यस्तै चौदण्डीगढी नगरपालिका–७ स्थित द्धार खोलामा आएको बाढिले बाँध कटान गरी सो ठाउँको खसी बजार, मदनचोक र बगरकोटमा पस्ने सम्भावना भएपछि नं. ५ गण उदयपुरबाट खटिएको सुरक्षा फौज, नेपाल प्रहरी र स्थानीय वासिन्दाले जाली लगाई बाँध निर्माण गरेका छन् ।