साउन ४, धनकुटा | धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किंदा १२ जना घाइते भएका छन् ।

धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाई छ ।

July 19, 2024
समाज
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
By साझासवाल
2 मिनेट पढाइ