साउन ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले पार्टीका सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ । प्रतिनिधिसभामा उपसभामुखसहित रास्वपाका २१ सांसद छन् ।

July 21, 2024
समाज
रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा भोट हाल्न ह्वीप
By साझासवाल
1 मिनेट पढाइ