2026-06-19 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्लोबल टी- २०: सन्दीपको टीममा भित्रिए हेन्ड्रिक्स र ख्वाजा, कप्तान चयन बाँकी

साउन ८, काठमाडौँ । क्यानाडामा आयोजना हुने ग्लोबल टि २० को एक फ्रेन्चाइज भ्यानकुभर नाइट्सले टिममा दुई विश्वस्तरीय ब्याट्सम्यानलाई अनुवन्धित गरेको छ । साउथ अफ्रिकाका रिजा हेन्ड्रीक्स र अष्ट्रेलियाका उस्मान ख्वाजा अन्तिम समयमा टीममा भित्रिएका हुन् ।

पाकिस्तानका दुई स्टार मोहम्मद रिजवान र बाबर आजमले क्रिकेट बोर्डबाट अनुमति नपाएपछि क्यानाडा जान रोकिएका थिए । उनीहरुको स्थानमा हेन्ड्रिक्स र ख्वाजालाई ल्याइएको हो ।

भ्यानकुभरले टीमको कप्तान भने छनोट गर्न बाँकी छ । यसअघि रिजवानलाई कप्तान बनाइएकोमा उनी आउन नपाएपछि नयाँ कप्तान चयन गर्नुपर्ने भएको हो ।


नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी पनि भ्याकुभरबाट खेल्दैछन् । सन्दीप हिजो नै क्यानाडा प्रस्थान गरिसकेका छन् । नयाँ कप्तानमा सन्दीपको नाम चर्चामा छ । यद्यपि, हेन्ड्रिक र ख्वाजा आएपछि उनीहरुमध्ये एकजनालाई कप्तान बनाउन सक्ने सम्भावना पनि बढेको छ ।

हेन्ड्रिक्सले साउथ अफ्रिकाबाट ३४ एक दिवसीय र ६८ टि २० खेलेका छन् । टि २० मा उनको उच्च स्कोर ८७ रन छ भने १५ वटा र्असतक प्रहार गरेका छन् । उनको स्ट्राइक रेट १२९।१२ रहेको छ ।

हालैको टि २० विश्वकपमा पनि उनी साउथ अफ्रिका टिमका ओपनर थिए । तर, राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनको स्लो स्ट्राइक रेटको आलोचना भएको थियो ।

ख्वाजा भने अष्ट्रेलियाका टेस्ट ओपनर हुन् । पाकिस्तानी मूलका यी ३७ वर्षिय खेलाडीले अष्ट्रेलियाबाट ७३ टेस्ट र ४० वटा एकदिवसीय म्याच खेल्दा टि २० भने ९ वटा मात्रै खेलेका छन् ।

टेस्टमा उनले अष्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । टी २० मा भने उनी खासै सफल छैनन् । उनले एउटा टि २० अर्धसतक बनाएका छन् । उनको उच्च टि २० स्कोर ५८ रन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो