Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 25, 2024 समाज

१०० फिट माथि पुगेपछि जहाज मेरो नियन्त्रणमा भएन, तल खस्न थाल्यो: सौर्यका क्याप्टेन शाक्य

By साझासवाल 5 मिनेट पढाइ

साउन १०, काठमाडौँ । विमानको सम्पूर्ण मर्मत (सी चेक) गर्न पोखरा जान लागेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा बाँच्न सफल एक मात्र व्यक्ति क्याप्टेन मनिष शाक्यले ‘सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा नरहेको’ भन्दै अनुभव सुनाएका छन् ।

दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ ।

आफ्नै जाँचको लागि पोखरा जान लागेको ‘९ एन–एएमई’को विशेष उडान दुर्घटना हुँदा घाइते भएका क्याप्टेन मनिष शाक्यले सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आइसियुमा चिकित्सकहरूसँग अनुभव सुनाएका हुन् ।

सामान्य कुराकानी गर्न सक्ने उनले केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग जहाज उडेलगतै आफ्नो नियन्त्रण बाहिर गएको बताए ।

‘‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । अचानक पछि उचाइ गुमाएर तल खस्यो,’’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन् ।

केही बेरपछि होस् आउँदा आफू अँध्यारो सुरुङमा रहेको भेटेको उनले सुनाएका छन् । त्यहाँ सानो प्वाल फेला पारेको र आफैँ बाहिर निस्किएको उनले सुनाए । त्यसबाट आफू माथि नस्किन लाग्दा कसैले माथिबाट तानेको याद रहेको सुनाएका छन् ।

घटनापछिको अवस्थाबारे उनी भन्छन्, ‘‘विमान मेरो नियन्त्रणबाहिर रहेको केही सकेकन्डमै खस्यो । एकछिन ब्ल्याक आउट भयो । केही थाहा भएन । पछि ब्युँझिँदा केहीले थिचिएको जस्तो भारी भयो । एउटा प्वाल भेटे । त्यहाँबाट माथि निस्कन लाग्दा मलाई कसैले तानेको जस्तो लाग्यो । त्यसपछि फेरी के भयो थाहा भएन । पछि होस् आउँदा अस्पतालमा थिएँ ।’’

क्याप्टेन शाक्यको शरीरको विभिन्न भागमा चोट लागेको छ । मुख, खुट्टा, आँखाको भाग, टाउकोलगायतमा चोटपटक छ । प्राथमिक उपचार गरेपछि विभिन्न परीक्षण सुरु गरेको छ ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको सौर्यको जहाज विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै खस्यो ।

घटनामा परेर १८ जनाको मृत्यु भएको छ । मृतक १८ जनामध्ये १६ जना एअरलाइन्सकै प्राविधिक तथा कर्मचारी थिए । बाँकी २ जना पनि एक प्राविधिकका पत्नी र छोरा थिए । पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा पुर्‍याइएको थियो ।

डा. थापाका अनुसार उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

चोटका कारण मस्तिष्क भने केही सुन्निएको उनले बताइन् । त्यसैगरी आँखाको भिजनमा पनि थोरै समस्या देखिएको छ । थप समस्या थाहा पाउन आज एमआरआई गर्ने डा. थापाले बताइन् ।